जमुनाह नाकाबाट झण्डै एक अर्बको आलु आयात

बाँके :  आ.व. २०७९/८० मा नेपालगन्ज स्थित नाकाबाट झण्डै एक अर्ब मूल्य बराबरको आलु आयात भएको छ ।

नेपालगन्ज भन्सार कार्यालयको तथ्याङ्क अनुसार, ९३ करोड ६० लाख ६९ हजार मूल्य बराबरको आलु भित्रिएको हो । ३ करोड ७५ लाख ८५ हजार ८८ केजी आलु भित्रिएको नेपालगन्ज भन्सारको तथ्याङ्क रहेको छ ।

भारत, पेरु, बङ्गलादेश, चीन, दक्षिण कोरिया, नेदरल्याण्ड, अस्ट्रिया, जर्मनी, पोल्याण्ड, सिंगापुर, बेलायत लगायतबाट नेपालमा आलु आयात हुने गरेको छ ।

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments