सुत्केरी गाईभैँसीलाई नगद दुई हजार रुपियाँका दरले भत्ता वितरण

किसानलाई भैँसी

सिन्धुलीमाढी: सिन्धुलीको कमलामाई नगरपालिकाले एक वर्षमा ७५० वटा ब्याएका गाईभैँसीलाई सुत्केरी भत्ता वितरण गरेको छ ।

नगरपालिकाले गत आर्थिक वर्ष ०७९/०८० मा पौष्टिक आहारा स्वरूप ब्याएका गाईभैँसीलाई उक्त भत्ता वितरण गरेको हो ।

नगरपालिकाले सुत्केरी खाद्यान्न सहयोग स्वरूप ब्याएका गाईभैँसीलाई नगद दुई हजार रुपियाँका दरले उक्त सहयोग गरेको नगरपालिकाले जनाएको छ ।

एक वर्षमा नगर क्षेत्रभित्र ब्याएका ४६९ वटा भैँसी र २८१ वटा गाईलाई सुत्केरी भत्ता वितरण गरेको नगरपालिकाका पशु विकास शाखाका प्राविधिक मीनबहादुर थापाले जानकारी दिनुभयो । उहाँका अनुसार ब्याएका गाईभैँसीलाई भत्ता स्वरूप एक वर्षमा १५ लाख रुपियाँ पशु धनीलाई वितरण भएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?