नश्ल सुधारका लागि मुर्रा राँगा बाँकेमा ल्याइँदै

बाँके :भारत सरकारले सहयोग स्वरूप दिने भनिएको १५ वटा मुर्रा जातको राँगामध्ये पाँचवटा राष्ट्रिय पशु प्रजनन कार्यालय खजुरा गोघाटमा ल्याइने भएको छ ।

भारतबाट नेपाल ल्याएपछि राँगालाई पशु सेवा विभाग मातहतका राष्ट्रिय पशु प्रजनन कार्यालय पोखरा, नेपालगन्ज र (लहान) मा व्यवस्थापन गरी वीर्य उत्पादन गर्न लागिएको हो ।

राष्ट्रिय पशु प्रजनन कार्यालय गौघाटका प्रमुख नन्दलाल चौधरीले बाँकेमा मुर्रा राँगा पाँचवटा ल्याउने मौखिक जानकारी आएको बताउनुभयो। उहाँले हामीकहाँ पाँचवटा राँगा पठाउने भन्ने कुरा आएको छ मुर्रा जातको राँगा आए पश्चिमको पशु प्रजननमा फड्को मार्ने बताउनु भयो ।

नश्ल सुधारका लागि नेपाल ल्याउन लागिएको मुर्रा जातको राँगाको प्राविधिक टोली भारत गएर अध्ययन गरिसकेपछि मात्र ल्याइने छ । मुर्रा राँगाका लागि विशेष प्रकारको गोठ र उनीहरूको शारीरिक बनावटको आधारमा दानापानी व्यवस्थापनका लागि पशु विज्ञ खटिने छन् । त्यसको तयारी बाँकेमा भइरहेको प्रमुख चौधरीले बताउनु भएको छ।

स्थानीय स्तरबाट आएको जानकारीअनुसार मुर्रा भैँसीको मूल्य २० देखि २२ लाखसम्म पर्छ । स्थानीय भैँसीले एक बेतमा एक हजार लिटर जति दूध दिन सक्छन् भने मुर्रा राँगाबाट नश्ल सुधार भए दूध उत्पादनमा तीन गुणाले बढाउन सकिन्छ ।

उन्नत नश्लका मुर्रा राँगाबाट वीर्य सङ्कलन गरी देशभरिका किसानका गोठमा पुयाइ भैँसीमा कृत्रिम गर्भाधान गराई नश्ल सुधार गरिनेछ। भैंसीपालन पेसाबाट किसानपछि हट्दै गएको अवस्थामा आउने दिनमा भैँसीको नश्ल सुधारको कारण किसानलाई फाइदा पुग्ने विश्वास गरिएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments