भारतीय गोलभेडा आयात भएसँगै ओरालो लाग्दै नेपाली गोलभेडाको मुल्य, यस्तो छ अन्य तरकारीको मूल्यसूची

काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।

जसअनुसार नेपाली गोलभेडा ठूलो प्रतिकेजी न्यूनतम मूल्य ७०, भारतीय ठूलो गोलभेडा ९०,टनेल गोलभेडा सानो ५०, लोकल गोलभेडा सानो ४०,घिउ सिमी लोकल ७०,काउली स्थानिय प्रतिकेजी ६० रुपैयाँ , आलु रातो ५२,मुडे आलु रातो ४६,भारतीय आलु रातो ३५,लौका ६०,हरियो फर्सी रू  ८०,घिरौला ५० कायम भइ कारोबार भइरहेको छ ।

भारतीय गोलभेडा आयात भएसँगै ओरालो लाग्दै नेपाली गोलभेडाको मुल्य ||Kalimati Tarkari Bazar ||krishinews

त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ३८० रुपैयाँ ,बन्दा लोकल ४०, गाजर १००, मूला सेतो ७०,मूला रातो ६०,भन्टा डल्लो ८०, भन्टा लाम्चो ६०,मकै बोडी ७०, टाटे सिमी ८०,तितो करेला ७०,ब्रोकाउली १५०, कागती १३० रुपैयाँ, भिण्डी रू ४०,न्यूरो ८० रुपैयाँ, रातो बन्दा प्रतिकेजी १४० रुपैयाँ ,लोकल काक्रो ६०,अदुवा प्रतिकेजी २५० रहेको समितिले जनाएको छ ।

समितिका अनुसार कुरीलो प्रतिकेजी ४५०,केरा दर्जन १४०,अनार ३०० रुपैयाँ, नासपाती ७०,आभोकाडो २५० रुपैयाँ,कालो अंगुर ४५०,किवि ७००, हरियो खुर्सानी अकबरे २५० रुपैयाँ,रहु माछा ३०५, छडी माछा २३०, ताजा माछा(मुंगरी) २८० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

यस्तै लप्सी प्रतिकेजी ५०,हरियो धनिया २००,खु्र्सानी सुकेको ४५०,नेपाली सुकेको लसुन २६०, चाइनिज लसुन २४०,भारतीय प्याज सुकेको ७३,लसुन हरियो १८०, रुख कटहर ४०,छ्यापी सुकेको २००,भेडे खु्र्सानी ७०,शरीफा २५०,फूजी स्याउ ३५०,अम्बा १२०,जुनार ३२०,तोफु ११०,पिंडालू ६०,तामा ९०,कन्य च्याउ १६० ,तने बोडी प्रतिकेजी ८० मा कारोबार भइरहेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?