घट्यो अकबरे खुर्सानीको मुल्य,यस्तो छ आजको माछा,फलफूल तथा तरकारीको मूल्य हेर्नुहोस्
काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।
जसअनुसार नेपाली गोलभेडा ठूलो प्रतिकेजी न्यूनतम मूल्य ९०, भारतीय ठूलो गोलभेडा ९०,गोलभेडा सानो भारतीय ८०,टनेल गोलभेडा सानो ७८, लोकल गोलभेडा सानो ६०,घिउ सिमी लोकल ९०,काउली स्थानिय प्रतिकेजी १०० रुपैयाँ , आलु रातो ५५,मुडे आलु रातो ५०,भारतीय आलु रातो ३५,लौका ७०,हरियो फर्सी रू ७०,घिरौला ६० कायम भइ कारोबार भइरहेको छ ।
आजको माछा,फलफूल तथा तरकारीको मूल्य हेर्नुहोस् || Kalimati Vegetable and Fruits Rate Today ||kalimati
त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ३५० रुपैयाँ ,बन्दा लोकल ६०, गाजर १२०, मूला सेतो ९०,मूला रातो ८०,भन्टा डल्लो ७०, भन्टा लाम्चो ७०,टाटे सिमी ८०,तितो करेला १००,ब्रोकाउली ३००, कागती १४० रुपैयाँ, भिण्डी रू ५०,न्यूरो ९० रुपैयाँ, रातो बन्दा प्रतिकेजी १५० रुपैयाँ ,लोकल काक्रो १००,अदुवा प्रतिकेजी २०० रहेको समितिले जनाएको छ ।
समितिका अनुसार कुरीलो प्रतिकेजी ५५०,केरा दर्जन १५०,अनार २८० रुपैयाँ, नासपाती ७०,आभोकाडो २५० रुपैयाँ,कालो अंगुर ४५०,किवि ५००, हरियो खुर्सानी अकबरे १५० रुपैयाँ,रहु माछा ३१५, छडी माछा २४०,मुंगरी माछा २८० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।
यस्तै लप्सी प्रतिकेजी ६०,हरियो धनिया १५०,खु्र्सानी सुकेको ४५०,नेपाली सुकेको लसुन २५०, चाइनिज लसुन २३०,गुन्दुक प्रतिकेजी २५०,भारतीय प्याज सुकेको ७३,लसुन हरियो ३००, रुख कटहर ६०,छ्यापी सुकेको २००,भेडे खु्र्सानी ११०,शरीफा १५०,फूजी स्याउ ३२०,अम्बा १००,मौसम १५०,जुनार ३२०,तोफु ११०,पिंडालू ७०,तामा ९०,चुकुन्दर ८०,निबुवा ६०,कन्य च्याउ २२० ,तने बोडी प्रतिकेजी ६० मा कारोबार भइरहेको छ ।
