रुकुम पश्चिमका किसानलाई बजारकै चिन्ता,हरेक दिन दुई घण्टा हिँड्नुपर्ने बाध्यता

रुकुम पश्चिम:

रुकुम पश्चिमको मुसिकोट नगरपालिका-१३ काउलेचौरका तुलवीर खत्रीको दिनचर्या खेतीपातीमै बित्छ । विहान ३ बजे उठेर डोकोभरी तरकारी बोकी सदरमुकाम खलङ्गासम्म पुगेर बिक्री गर्नु उनको बाध्यता हो । बारीमा उत्पादित तरकारी बिक्रीका लागि उनले हरेक दिन दुई घण्टा हिँड्नुपर्ने बाध्यता छ ।

जिल्लामा तरकारी भण्डारणका लागि चिस्यान केन्द्रको अभाव र मूल्य निर्धारण नहुँदा उनी जस्ता किसानलाई दैनिक यसैगरी तरकारी बोकी बजार जानुपर्ने बाध्यता छ । खत्रीले हाल गोलभेडा खेतीमा बढी जोड दिएका छन् । छ वटा फलामे टनेल, दुई वटा बाँसका टनेल र अन्य खाली जग्गा गरेर सात रोपनीमा गोलभेडा खेती गर्दै आउनुभएका खत्रीले चारवटा टलेन भने प्रधानमन्त्री कृषि आधुनिकरणबाट २५ प्रतिशत अनुदानमा निर्माण गरेका हुन् । साथै दुई वटा टनेल जिल्ला कृषि विकास कार्यालयले ५० प्रतिशत अनुदानमा निर्माण गरेका हुन् ।

उनले सरकारले यहाँ चिस्यान केन्द्र निर्माण गरिदिने हो भने किसानका लागि धेरै सहज हुने उनको भनाय छ । चिस्यान केन्द्र भए किसानको लगानी खेर नजाने र मूल्य निर्धारण भए किसान र उपझोक्ता ठगिनबाट बच्ने उनको भनाइ छ । साथै कुन समयमा कस्तो तरकारी लगाउने भन्नेबारे प्राविधिक ज्ञान भए किसानलाई फाइदा पुग्ने उनको बुझाइ छ ।

“स्थानीय तहले तरकारीको न्यूनतम मूल्य निर्धारण गर्ने हो भने हामीलाई सहज हुन्छ, अघिल्लो दिन प्रतिकेजी ८० बिक्री गरेको तरकारी अर्को दिन आधा मूल्यमा बिक्री गर्नेपर्ने बाध्यता छ”, उनले भने ।यो खत्रीको मात्रै समस्या होइन जिल्लामा तरकारी खेती गर्ने सबैको समस्या उस्तै छ ।

तरकारीलाई सङ्कलन गर्ने गरी मुसिकोट नगरपालिका-५ बागबजारमा आर्थिक वर्ष २०७५/७६ निर्माण गरिएको सङ्कलन केन्द्र पनि यतिबेला प्रयोगविहीन अवस्थामा छ । किसानले उत्पादन गरेका फलफूल तथा तरकारीजन्य वस्तुको सङ्कलन र बिक्रीका लागि सङ्कलन केन्द्र निर्माण गरिएको थियो ।

कृषि ज्ञान केन्द्र र कृषि विकास कार्यालयको पहलमा निर्माण भएको सङ्कलन केन्द्र प्रयोगविहीन भन्दा किसानलाई समस्या भइरहेको छ । तरकारी उत्पादन बढाउने भन्दा पनि उत्पादन भएको तरकारीलाई बजारिकरण गर्नुपर्ने पहिलो प्राथमिकता राखेर सरकारले काम गर्नुपर्ने यहाँका किसानको माग छ । रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?