यस्तो छ आजको माछा,फलफूल तथा तरकारीको मूल्य हेर्नुहोस्
काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।
जसअनुसार नेपाली ठूलो गोलभेडा प्रतिकेजी न्यूनतम मूल्य ६०,भारतीय ठूलो गोलभेडा ४०,टनेल गोलभेडा सानो ६०, लोकल गोलभेडा सानो रू ५०,घिउ सिमी लोकल ५०,काउली स्थानिय प्रतिकेजी ९० रुपैयाँ , आलु रातो ५६,मुडे आलु रातो ५०,भारतीय आलु रातो ३५,लौका ३०,हरियो फर्सी रू ५०,घिरौला ३० कायम भइ कारोबार भइरहेको छ ।
आजको माछा,फलफूल तथा तरकारीको मूल्य हेर्नुहोस् || Kalimati Vegetable and Fruits Rate Today ||kalimati
त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ३०० रुपैयाँ ,बन्दा लोकल ६०, गाजर १३०, मूला सेतो ८०,हाइब्रीड मूला १००,भन्टा डल्लो ६०, भन्टा लाम्चो ४०,मकै बोडी ८०,टाटे सिमी ७०,तितो करेला ९०,ब्रोकाउली ३००, कागती १८० रुपैयाँ, भिण्डी रू ३०,न्यूरो ८० रुपैयाँ, रातो बन्दा प्रतिकेजी २०० रुपैयाँ ,लोकल काक्रो ८०,अदुवा प्रतिकेजी १४० रहेको समितिले जनाएको छ ।
समितिका अनुसार कुरीलो प्रतिकेजी ४५०,केरा दर्जन १४०,अनार ३२० रुपैयाँ, नासपाती ८०,आभोकाडो २०० रुपैयाँ,कालो अंगुर ४५०,किवि ४००,हरियो खुर्सानी अकबरे १५० रुपैयाँ,रहु माछा ३६०, छडी माछा २४०,मुंगरी माछा २७० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।
यस्तै लप्सी प्रतिकेजी ६०,हरियो धनिया १००,खु्र्सानी सुकेको ४५०,नेपाली सुकेको लसुन २५०, चाइनिज लसुन २३०,परवर ४०,गुन्दुक प्रतिकेजी २५०,पुदीना ५००,भारतीय प्याज सुकेको ६५,लसुन हरियो २५०,छ्यापी सुकेको २००,भेडे खु्र्सानी ८०,शरीफा २००,फूजी स्याउ ३२०,अम्बा १००,मौसम १५०,जुनार ३२०,अमला १२०,तोफु ११०,पिंडालू ६०,तामा ९०,चुकुन्दर ८०,निबुवा ६०,कन्य च्याउ १८०,तने बोडी प्रतिकेजी ५० मा कारोबार भइरहेको छ ।
