आजको मौसमः मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

भारी वर्षा

काठमाडौं:हाल नेपालमा भारतको उत्तर प्रदेशआसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभावका कारण देशभरकौ मौसममा सामान्य बदली रहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार साहि प्रभावका कारण अहिले बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशको एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको भइरहेको छ ।

आज दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली रहने छ ।

आज राति भने कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका थोरै र बाँकी प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments