माछा मार्न जाँदा गोहीको आक्रमणबाट मृत्यु

भरतपुर: चितवनमा गोहीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पूर्वी चितवनको रत्ननगर नगरपालिका–५ स्थित मगरटोलका ४४ वर्षीय फगुना महतो रहेका छन् ।

शनिवार साँझ  महतो डुङ्गाघाट क्षेत्रमा मृतावस्थामा फेला परेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो । महतो माछा मार्न जाँदा गोहीले आक्रमण गरेको हुनसक्ने बताउनुभयो ।

तर गोहीले मारेर नछाड्ने र मृत्यु रहस्यमय भन्दै परिवारले छानविन र क्षतिपुर्तीको माग गरेका छन् । रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments