ह्वात्तै घट्यो ब्रोकाउलीको मुल्य,यस्तो छ आजको माछा,फलफूल तथा तरकारीको मूल्य हेर्नुहोस्
काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।
जसअनुसार भारतीय गोलभेडा ठूलो प्रतिकेजी न्यूनतम मूल्य ३५,टनेल गोलभेडा सानो ५०,गोलभेडा सानो लोकल रू ४५,घिउ सिमी लोकल ५०,काउली स्थानिय प्रतिकेजी ८० रुपैयाँ , आलु रातो ५६,मुडे आलु रातो ५०,भारतीय आलु रातो ३५,लौका ४०,हरियो फर्सी रू ३०,घिरौला ४० कायम भइ कारोबार भइरहेको छ ।
त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ३०० रुपैयाँ ,बन्दा लोकल ६०, गाजर १४०, मूला सेतो ७०,भन्टा डल्लो ४०, भन्टा लाम्चो १०,मकै बोडी ७०,टाटे सिमी ४०,तितो करेला ५०,ब्रोकाउली १५०, कागती २८० रुपैयाँ, भिण्डी रू ४०,न्यूरो ८० रुपैयाँ, रातो बन्दा प्रतिकेजी ३०० रुपैयाँ ,लोकल काक्रो ८०,अदुवा प्रतिकेजी १६० रहेको समितिले जनाएको छ ।
समितिका अनुसार कुरीलो प्रतिकेजी ४००,केरा दर्जन १५०,अनार ४२० रुपैयाँ, नासपाती ८०,आभोकाडो २०० रुपैयाँ,कालो अंगुर ४००,किवि ४००,हरियो खुर्सानी अकबरे १५० रुपैयाँ,रहु माछा ३७०, छडी माछा २४०,बचुवा माछा २७० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।
यस्तै लप्सी प्रतिकेजी ५०,हरियो धनिया ५०,खु्र्सानी सुकेको ४५०,नेपाली सुकेको लसुन २५०, चाइनिज लसुन २२०,परवर ४०,गुन्दुक प्रतिकेजी २५०,भारतीय प्याज सुकेको ६४,लसुन हरियो २५०,छ्यापी सुकेको २००,भेडे खु्र्सानी ७०,शरीफा १२०,फूजी स्याउ ३२०,अम्बा १२०,मौसम १५०,जुनार ३२०,अमला ८०,तोफु ११०,पिंडालू ६०,तामा ९०,चुकुन्दर ८०,निबुवा ५०,कन्य च्याउ १४०,तने बोडी प्रतिकेजी ६० मा कारोबार भइरहेको छ ।
