खेतीयोग्य बारीलाई स्याउ बगैँचामा परिणत,आम्दानी मनग्य
रोल्पा :पश्चिम रोल्पाका स्याउ कृषकले स्याउ बेचेर वार्षिक करिब एक करोड रुपैयाँ गाउँमा भित्र्याउने गरेका छन् । गङ्गादेव गाउँपालिकाको मनिमारे, जिनावाङ, पाखापानि, बराहढुङ्गा, नाउली र लामाचौर लगाएका अन्य विभिन्न गाउँहरू स्याउ उत्पादनको लागि उपयुक्त मानिन्छ ।
६५ घरधुरीले आफूसँग भएको खेतीयोग्य बारीलाई स्याउ बगैँचाको रूपमा परिनत गरि व्यवसायिकरूमा स्याउका बिरुवा रोपेर स्याउ उत्पादन गरि बिक्री वितरण गर्दै आएका छन् तर अन्य किसानहरुले पनि आफूले खानको लागी स्याउ लगाउने गरेका छन्
एक घरधुरीका स्याउ कृषकले आफ्नो स्याउ बगैँचाबाट वार्षिक ५ लाख देखि १५ लाख बराबरको स्याउ बगैँचाबाट बेचेर आम्दानी गर्दै आएको र प्रतिकिलो १ सय रुपैयाँसम्म बाटोमै स्याउ बेच्ने गरेको स्याउ किसानहरू बताउँछन्
वार्षिक २ हजार क्विन्टलभन्दा धेरै स्याउ बाहिरिने गरेको पाइएको छ भने रोल्पाको स्याउ दाङ, सल्यान, नेपालगञ्ज, बुटवल र काठमाडौँ लगायतका शहरहरूमा बिक्रीको लागि व्यापारीहरूले पुर्याउदै आएका छन् । व्यापारीले स्याउ फल्ने बेला नै कृषकको घरमा पुगेर कृषकसँङ्ग स्याउ खरिद गर्नको लागि सम्झौता गर्ने गर्दछन् ।
