गोरु काटेर भोज लगाएको आरोपमा बादल पक्राउ

काठमाडौं: गोरु काटेर भोज लगाएको आरोपमा एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय खोटाङले मंगलबार एकजना युवकलाई पक्राउ गरेको हो।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपास्थित मसानेडाँडामा सोमबार दिउँसो गोरु काटेर सामूहिक भोज खाएको आरोपमा रावाबेंसी गाउँपालिका–६ हौँचुरका २७ वर्षीय बादल गुरुङ पक्राउ परेका हुन्।

गुरुङलगायतको समूहले गोरु काटेर भोज खुवाईरहेको सूचनाको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीविरुद्ध थप अनुसन्धान भईरहेको प्रहरीको भनाई छ ।

गोरु-गाई काटेर खाएको आरोपमा प्रहरीले कारबाही तीव्र पारेपछि पछिल्लो समय प्रतिरोधमा सामूहिक भोज खाने अभियान चलिरहेको छ। नेपालको अन्य क्षेत्रकमो तुलनामा पूर्वमा यो अभियान निक्कै बढेको छ । 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments