आजको मौसमः केही भूभागमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

चट्याङ

काठमाडौं:जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ। साथै, नेपालमा न्यून चापीय प्रभावका कारण आज देशभर आंशिकदेखि सामान्य बदली रहेको छ।

महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशसहित देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू-भागहरूमा सामान्यतया सफा रहेको छ। 

महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू-भागहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। 

त्यस्तै, आज रातीसम्म कोशी, गण्डकी र बागमती प्रदेशका थोरै र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन तथा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?