विदेशमा बगाएको पसिनाको लगानी चितुवाले सखाप

स्याङ्जा:काली गण्डकी गाउँपालिका–५ जैपातेमा रहेको आशिष दाइ बहुदेशिय कृषि फार्ममा चितुवा पसेर कालिज सखाप पारेको छ ।

स्थानीय आशिष न्यौपानले सञ्चालन गरेको फार्ममा दानापानी दिन जाँदा कालिज मरेका भेटिएका हुन् । न्यौपानेको कालिज फार्ममा २२० कालिज रहेकामा १९० वटालाई चितुवाले मारेको हो ।

वैदेशिक रोजगारमा पाँच वर्ष र अन्य रोजगारमा १३ वर्ष बिताउनुभएका न्यौपानेलेको डेढ बर्सबाट कालिज पाल्नु भएको थियो ।

बेच्न र फुल पार्न ठिक्क परेका करिब साढे चार लाख बराबरको कालिज चितुवाले मारिदिएको हो । चितुवाले धेरैजसो कालिजलाई नङ्ग्रा गाडेर मारेको भेटिएको न्यौपानेले बताउनुभयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments