यस वर्षको मनसुन ढिलो बाहिरिने, आगामी ३-४ दिन ठूलो पानी पर्ने सम्भावना

काठमाडौं: नेपालमा यो वर्ष औसत समयभन्दा ढिलो मनसुन बाहिरिने भएको छ । मनसुन बाहिरिने औसत मिति अक्टोबर २ भए पनि यो वर्ष केही ढिलो हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार नेपालमा मनसुनको बहिर्गमनको औसत मिति अक्टोबर २ रहे पनि यस वर्षको मनसुन औसत मितिभन्दा केही दिन ढिलो बाहिरिने सम्भावना देखिन्छ।

हाल बंगालको खाडीको उत्तर–पश्चिम भागमा विकास भैरहेको न्यूनचापीय क्षेत्र उत्तर–पश्चिम दिशातर्फ सर्ने सम्भावना देखिएकाले अझै तीनरचार दिनसम्म देशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना समेत विभागले उल्लेख गरेको छ ।

आज कोसी, मधेस, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको रहेको छ ।

यस अवस्थामा, पहाडी भूभागमा पहिरोको जोखिम रहेको, ठूला तथा साना नदीनाला खोलाहरूमा पानीको सतह केही बढ्न सक्ने, दैनिक जनजीवन तथा सडक, हवाई यातायात समेत केही प्रभावित हुन सक्ने सम्भावना भएको तथा बाली भित्र्याउनेबेला पनि भएकोले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउन सर्वसाधारण तथासबै सरोकारवाला निकायहरूमा अनुरोध छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?