हुम्लामा पहिलो पटक स्याउको मूल्य निर्धारण, प्रतिकेजी चालीस रुपियाँ तोकियो

स्याउ

हुम्ला: स्याउ उत्पादनको राम्रो सम्भावना भएको हिमाली जिल्ला हुम्लामा पहिलो पटक स्याउको मूल्य तोकिएको छ । यसअघि दानाका हिसाबले बिक्री भई रहेको कारण सबैतिर स्याउको मूल्य निर्धारण गर्न दबाब आई रहेको बेला मूल्य तोकिएको हो । 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ ( स्याउ ) का कार्यालय प्रमुख विष्णु बहादुर मग्रातीले उपभोक्ता माग अनुसार पहिलो पटक जिल्लामा स्याउको मूल्य निर्धारण गरिएको बताउनुभयो । मङ्गलबार बसेको जिल्ला परियोजना समन्वय तथा अनुगमन समितिको बैठकले स्याउ किसानको उपस्थितिमा मूल्य निर्धारण गरेको हो । 

बैठकमा समितिका संयोजक जिल्ला समन्वय समितिका प्रमुख शिबराज शर्मा, सिमकोट गाउँपालिकाका अध्यक्ष बिजय भण्डारी, खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावल, नाम्खा गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर लामा, प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेल लगायत स्याउ उत्पादन गर्ने किसानको उपस्थितिमा यो मूल्य निर्धारण गरिएको हो । उहाँले अब जिल्लामा स्याउको मूल्य प्रतिकेजी चालीस रुपियाँ तोकिएको बताउनुभयो । 

यसअघि हुम्लामा दानाका हिसाबले स्याउ बिक्री हुने गरेको थियो । गाउँमा प्रतिदाना पाँच रुपियाँ भए पनि सदरमुकाम सिमकोट भने प्रतिदाना दश रुपियाँमा स्याउ बिक्री हुने गरेको थियो । यो मूल्य सिजन र बेसिजन पनि उस्तै हुने गरेको थियो । यसका लागि छ दानासम्म प्रतिकेजीमा जाने भए ए ग्रेड र छ भन्दा बढी दाना प्रतिकेजीमा गए बि ग्रेड निर्धारण गरिएको छ । यो मूल्य सदरमुकाम सिमकोटका लागि लागु गरिएको हो । सिमकोट बाहिर भने स्थानीय ढुवानी घटाएर मूल्य निर्धारण हुनेछ । उहाँले दानामा स्याउ बिक्री हुँदा उपभोक्ताबाट केजीमा स्याउ बिक्री गर्नुपर्ने र त्यसको मूल्य निर्धारण गर्नुपर्ने माग रहेकोमा अहिले त्यो माग पुरा भएको बताउनुभयो । आजको गोरखापत्र अनलाइनमा खबर छ ।  

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?