लोकल गोलभेडा सानो प्रतिकेजी ४०मा कारोबार,यस्तो छ आजको फलफूल तथा तरकारीको मूल्य हेर्नुहोस्
काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।
जसअनुसार टनेल गोलभेडा सानो प्रतिकेजी न्यूनतम मूल्य ५५,गोलभेडा सानो लोकल रू ४०,भारतीय गोलभेडा ठूलो ३५,घिउ सिमी लोकल ६०,काउली स्थानिय प्रतिकेजी १०० रुपैयाँ ,आलु रातो ५५,मुडे आलु रातो ४४,भारतीय आलु रातो ३४,लौका ४०,हरियो फर्सी रू ४०,घिरौला ६० कायम भइ कारोबार भइरहेको छ ।
आजको फलफूल तथा तरकारीको मूल्य हेर्नुहोस् || Kalimati Vegetable and Fruits Rate Today ||kalimatiRate
त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ३३० रुपैयाँ ,बन्दा लोकल ७०, गाजर १२०, मूला सेतो ४०,भन्टा डल्लो ४०,भन्टा लाम्चो ३०,मकै बोडी ८०,टाटे सिमी ६०,तितो करेला ६०,ब्रोकाउली २५०, कागती २०० रुपैयाँ, भिण्डी रू ५०,न्यूरो ७० रुपैयाँ, रातो बन्दा प्रतिकेजी ३०० रुपैयाँ ,लोकल काक्रो ७०,अदुवा प्रतिकेजी १६० रहेको समितिले जनाएको छ ।
समितिका अनुसार कुरीलो प्रतिकेजी ५००,केरा दर्जन १४०,अनार ३८० रुपैयाँ, नासपाती ९०,आभोकाडो २०० रुपैयाँ,कालो अंगुर ४००,किवि २५०,हरियो खुर्सानी अकबरे २०० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।
यस्तै लप्सी प्रतिकेजी ५०,हरियो धनिया १५०,खु्र्सानी सुकेको ४५०,नेपाली सुकेको लसुन २५०, चाइनिज लसुन २५०,परवर ४०,गुन्दुक प्रतिकेजी २५०,भारतीय प्याज सुकेको ७०,लसुन हरियो ३२०,छ्यापी सुकेको २००,भेडे खु्र्सानी ११०,शरीफा २००,फूजी स्याउ ३२०,अम्बा १००,मौसम १५०,जुनार ३२०,भारतीय सुन्तला १४०,पुदीना प्रतिकेजी ५००,अमला ६०,तोफु ११०,पिंडालू ५०,तामा ९०,चुकुन्दर ७०,निबुवा ५०,बरेला १००,कन्य च्याउ ८०,तने बोडी प्रतिकेजी ७० मा कारोबार भइरहेको छ ।
