हरियो अकबरे प्रतिकेजी २५० मा कारोबार,यस्तो छ आजको माछा,फलफूल तथा तरकारीको मूल्य हेर्नुहोस्

काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।

जसअनुसार टनेल गोलभेडा सानो प्रतिकेजी न्यूनतम मूल्य ५०,गोलभेडा सानो लोकल रू ४०,भारतीय गोलभेडा ठूलो ४०,घिउ सिमी लोकल ६०,काउली स्थानिय प्रतिकेजी ८० रुपैयाँ ,आलु रातो ५४,मुडे आलु रातो ४४,भारतीय आलु रातो ३४,लौका ४०,हरियो फर्सी रू ५०,घिरौला ८० कायम भइ कारोबार भइरहेको छ ।

आजको माछा,फलफूल तथा तरकारीको मूल्य हेर्नुहोस् || Kalimati Vegetable and Fruits Rate Today ||kalimati

त्यसैगरी डल्लेच्याउ प्रतिकेजी २५० रुपैयाँ ,बन्दा लोकल ४०, गाजर १००, मूला सेतो ३५,भन्टा डल्लो ५०,भन्टा लाम्चो २०,मकै बोडी ७०,टाटे सिमी ५०,तितो करेला ६०,ब्रोकाउली २५०, कागती २२० रुपैयाँ, भिण्डी रू ९०,न्यूरो ७० रुपैयाँ, रातो बन्दा प्रतिकेजी ३०० रुपैयाँ ,लोकल काक्रो ६०,अदुवा प्रतिकेजी १७० रहेको समितिले जनाएको छ ।

समितिका अनुसार कुरीलो प्रतिकेजी ४५०,केरा दर्जन १५०,अनार ३५० रुपैयाँ, नासपाती ९०,आभोकाडो २०० रुपैयाँ,कालो अंगुर ४००,किवि २००,हरियो खुर्सानी अकबरे २५० रुपैयाँ,रहु माछा ३७०, छडी माछा २४०,बचुवा माछा २७० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

यस्तै लप्सी प्रतिकेजी ५०,हरियो धनिया १८०,खु्र्सानी सुकेको ४५०,नेपाली सुकेको लसुन २५०, चाइनिज लसुन २५०,परवर ४०,गुन्दुक प्रतिकेजी २५०,भारतीय प्याज सुकेको ७०,लसुन हरियो २८०,छ्यापी सुकेको २००,भेडे खु्र्सानी १००,शरीफा २००,फूजी स्याउ ३००,अम्बा ८०,मौसम १२०,जुनार ३२०,भारतीय सुन्तला १४०,पुदीना प्रतिकेजी ५००,अमला ६०,तोफु ११०,पिंडालू ५०,तामा ९०,चुकुन्दर ७०,निबुवा ४०,बरेला ८०,रुख टमाटर १२०,कन्य च्याउ ७०,तने बोडी प्रतिकेजी ६० मा कारोबार भइरहेको छ ।

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments