१० नेपाली विद्यार्थीको शव नेपाल पठाउनेबारे समन्वय भइरहेको छ : नेपाली दूतावास

काठमाडौं: आतङ्कवादी समूह हमासको आक्रमणमा परी १० जना नेपाली विद्यार्थीको मृत्यु भएको र एक जनाको अवस्था अझै अज्ञात रहेको तेलअविवस्थित नेपाली दूतावासले जनाएको छ ।

दूतावासले आक्रमणमा ज्यान गुमाएकाहरुको शव व्यवस्थापनबारे इजरायल सरकारका सम्बद्ध अधिकारीहरूसँग छलफल गरिरहेको र नेपाल ल्याउने सम्बन्धमा परराष्ट्र मन्त्रालयसँग समन्वय भइरहेको बताएको छ ।

हमासको आक्रमणमा परी कैलालीको घोडाघोडी–४ का नारायणप्रसाद न्यौपाने, बझाङको जयपृथ्वी–६ का गणेशकुमार नेपाली कैलालीको बौनिया–३ का आशिष चौधरी, दार्चुलाको लेखम–५ का दीपेशराज विष्ट, सोही जिल्लाको मल्लिकार्जुन–४ का लोकेन्द्रसिंह धाँमीको मृत्यु भएको दूतावासले पुष्टि गरेको छ ।

त्यसैगरी धनुषाको सपही–६ का आनन्द साह, सुनसरीको मधुवन–१ का राजेशकुमार स्वर्णकार, डोटीको पाञ्चाली–३ का राजन फुलारा तथा सोही जिल्लाको लमिखाल–८ का पद्म थापा, सल्यानको शारदा–३ का प्रवेश भण्डारीको मृत्यु भएको छ ।

नेपाली दूतावासका अनुसार आक्रमणमा परी घाइते भएका छ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका–३ का विपीन जोशी हराइरहेका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?