आक्रमणमा ज्यान गुमाएका नेपालीको शोकमा भोलि राष्ट्रिय शोकको घोषणा,मृतकका परिवारलाई जनही १० लाख दिने

काठमाडौं:सरकारले हमासको आक्रमणमा परेर निधन भएका नेपालीहरूको शोकमा भोलि राष्ट्रिय शोकको घोषणा गरेको छ । सोमबार दिउँसो बसेको मन्त्रिपरिषद्को विशेष बैठकले सँगै राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

मन्त्रिपरिषद्को आजको आकस्मिक बैठकले आतङ्कवादी हमलामा परी ज्यान गुमाएका नेपाली नागरिकका परिवारलाई सहयोगस्वरुप प्रतिपरिवार रु १० लाख उपलब्ध गराउने निर्णय गरेको  सरकारका प्रवक्ता शर्माले जानकारी दिइन्। बैठकले स्वदेश फर्कन चाहनेहरूलाई नेपाल वायु सेवा निगम र हिमालयन एयरलाइन्सको विमान चार्टर गरी स्वदेश ल्याउने व्यवस्था गर्ने निर्णय गरेको छ ।

शनिबारबाट सुरु भएको हमास समूहको आक्रमणमा परेर हालसम्म १० जना नेपालीसहित सयौंको संख्यामा मानिसहरुले ज्यान गुमाइसकेका छन् । भने हजारौं नागरिकहरु प्रभावित भएका छन् ।

यसअघि प्रकाशित समाचारको शीर्षक र समाचारमा मंगलबार शोक बिदा दिइएको भन्ने विषय उल्लेख भएकाले सच्याइएको छ । – सम्पादक

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?