ह्वात्तै घट्यो गोलभेडाको मुल्य,यस्तो छ आजको माछा,फलफूल तथा तरकारीको मूल्य हेर्नुहोस्

काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।

जसअनुसार टनेल गोलभेडा सानो प्रतिकेजी न्यूनतम मूल्य ३८,गोलभेडा सानो लोकल रू ३५,भारतीय गोलभेडा ठूलो ३०,घिउ सिमी लोकल ६०,काउली स्थानिय प्रतिकेजी ८० रुपैयाँ ,आलु रातो ६०,मुडे आलु रातो ४४,भारतीय आलु रातो ३४,लौका ६०,हरियो फर्सी रू ६०,घिरौला ९० कायम भइ कारोबार भइरहेको छ ।

आजको माछा,फलफूल तथा तरकारीको मूल्य हेर्नुहोस् || Kalimati Vegetable and Fruits Rate Today ||kalimati

त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ३०० रुपैयाँ ,बन्दा लोकल ५०, गाजर १००, मूला सेतो ३०,भन्टा डल्लो ५०,भन्टा लाम्चो ३०,मकै बोडी ८०,टाटे सिमी ७०,तितो करेला ६०,ब्रोकाउली १८०, कागती १८० रुपैयाँ, भिण्डी रू ७०,न्यूरो ७० रुपैयाँ, रातो बन्दा प्रतिकेजी २२० रुपैयाँ ,लोकल काक्रो ७०,अदुवा प्रतिकेजी १३० रहेको समितिले जनाएको छ ।

समितिका अनुसार कुरीलो प्रतिकेजी ५००,केरा दर्जन १४०,अनार ३८० रुपैयाँ, नासपाती ९०,आभोकाडो २०० रुपैयाँ,कालो अंगुर ४००,किवि २००,हरियो खुर्सानी अकबरे २०० रुपैयाँ,रहु माछा ३७०, छडी माछा २४०,बचुवा माछा २७० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

यस्तै लप्सी प्रतिकेजी ५०,हरियो धनिया १२०,खु्र्सानी सुकेको ४५०,नेपाली सुकेको लसुन २६०, चाइनिज लसुन २३०,परवर ४०,गुन्दुक प्रतिकेजी २५०,भारतीय प्याज सुकेको ७२,लसुन हरियो २८०,छ्यापी सुकेको १८०,भेडे खु्र्सानी १५०,शरीफा १५०,फूजी स्याउ ३००,अम्बा ८०,मौसम १२०,जुनार ३२०,भारतीय सुन्तला १३०,पुदीना प्रतिकेजी ५००,अमला ६०,तोफु ११०,पिंडालू ६०,तामा ९०,चुकुन्दर ७०,निबुवा ४०,बरेला ८०,रुख टमाटर १२०,कन्य च्याउ १५०,तने बोडी प्रतिकेजी ११० मा कारोबार भइरहेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?