तनहुँमा आयुर्वेदप्रति बढ्दो आकर्षण :एक वर्षमा १९ हजार लाभान्वित

दमौली (तनहुँ):तनहुँमा आयुर्वेद सेवातर्फ सर्वसाधारणको आकर्षण बढेको छ । जिल्ला आयुर्वेद कार्यालयले प्रदान गर्ने सेवाका कारण सर्वसाधारणको यसतर्फ आकर्षण बढेको हो ।

एक वर्षको अवधिमा जिल्ला आयुर्वेद केन्द्रबाट १९ हजार दुई सय १७ जनाले सेवा लिएको वरिष्ठ कविराज शम्भु चापागाईले जानकारी दिनुभयो । अघिल्लो आर्थिक वर्ष केन्द्रबाट १३ हजार चार सय ९९ ले सेवा लिएका थिए । यस वर्ष सेवा लिनेको सङ्ख्या पाँच हजार सात सय १८ ले बढेको उहाँले बताउनुभयो ।

कविराज चापागाईका अनुसार साउन महिनामा एक हजार एक सय एक, भदौमा पाँच सय ९५, असोजमा नौ सय ९९, कात्तिकमा पाँच सय ७९, मङ्सिरमा एक हजार एक सय ६३, पुसमा एक हजार पाँच सय ६७, माघमा एक हजार आठ सय ९३, फागुनमा एक हजार नौ सय ३७, चैतमा एक हजार पाँच सय १३, वैशाखमा दुई हजार छ सय ९८, जेठमा तीन हजार चार सय ३५ र असारमा एक हजार सात सय ३६ जनाले सेवा लिएका छन् ।

जल्लाभरका आयुर्वेद स्वास्थ्य केन्द्र, नागरिक आरोग्य सेवा केन्द्र लगायतबाट सेवा लिनेको सङ्ख्या भने ७० हजार दुई सय ६१ रहेको छ । जामुने आयुर्वेद स्वास्थ्य केन्द्रबाट दुई हजार सात सय ९८, शिशाघाट आयुर्वेद स्वास्थ्य केन्द्रबाट तीन हजार तीन सय सात, केशवटार आयुर्वेद स्वास्थ्य केन्द्रबाट दुई हजार नौ, भानु आयुर्वेद स्वास्थ्य केन्द्रबाट तीन हजार एक सय ३८, टुहुरेपसल आयुर्वेद स्वास्थ्य केन्द्रबाट दुई हजार चार सय ७२, भिमाद आयुर्वेद स्वास्थ्य केन्द्रबाट चार हजार चार सय ९७ जनाले सेवा लिएका छन् ।

यसैगरी, खैरेनीटार आयुर्वेद स्वास्थ्य केन्द्रबाट चार हजार सात सय ९९, रिस्ती आयुर्वेद स्वास्थ्य केन्द्रबाट दुई हजार तीन सय ७३, बन्दीपुर आयुर्वेद स्वास्थ्य केन्द्रबाट दुई हजार नौ सय १७, भिरकोट आयुर्वेद स्वास्थ्य केन्द्रबाट एक हजार पाँच सय २८ र रुपाकोट आयुर्वेद स्वास्थ्य केन्द्रबाट एक हजार नौ सय ७३ ले सेवा लिएको जनाइएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले सञ्चालन गरेको नागरिक आरोग्य सेवा केन्द्रबाट चार हजार चार सय ४१ ले सेवा लिएको चापागाईले जानकारी दिनुभयो ।

आयुर्वेंद कार्यालयमा एक आयुर्वेद चिकित्सक, एक आयुर्वेद सहायक (कविराज), दुई वैद्य, एक लेखापाल, दुई कार्यालय सहयोगी, एक ल्याव टेक्निसियन कर्मचारी कार्यरत छन् । कार्यालयले उपचारमा उपयोगी पञ्चकर्म, फिजियोथेरापी तथा क्षारसुत्र सञ्चालनमा ल्याएको छ । पाइल्स, फिस्टुला, फिसरजस्ता रोगको उपचारमा प्रभावकारी मानिएको क्षारसुत्र विधि सञ्चालनमा ल्याइएको छ । गत वर्ष एक हजार दुई सय ५३ ले पञ्चकर्मा सेवा लिएका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments