किसानहरूको उत्पादन, बजारिकरण गर्न उत्पादक र खरिदकर्ता एकै ठाउमा

महोत्तरी:ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना आर्थिक करिडोर कार्यालयले खरिदकर्ता र  उत्पादक संस्थाविच अन्तरकृया कार्यक्रम गरेको छ।

उत्पादित वस्तुहरुको बजारिकरण गर्ने उदेश्यले उत्पादक संस्था र खरिदकर्ताहरुलाई एकै ठाउँमा राखेर अन्तरकृया गरेको हो।

पछिल्लो समय किसानहरूले उत्पादन गर्ने र उत्पादित वस्तुहरुले बजार नपाईरहेको गुनासो बढीरहेको वेला संस्थाले सहजीकरण गरेको कार्यालय प्रमुख रविन्द्र महथाले जानकारी दिए ।

सुक्रवार बर्दिवासको एक होटलमा भएको उक्त कार्यक्रममा उत्पादक संस्थाहरुले खरिदकर्ताहरूसगँ सिधा सवालजवाफ गरेका थिए।

सहभागी किसानहरूले उत्पादित वस्तुहरू विचौलियाको मारमा नपर्ने भन्दै खुसी ब्यक्त गरे। करिडोरको कार्यालयले पनि अनुदान छनोटमा समेत उत्पादक र खरिदकर्तालाई जोड्ने उदेश्यले सोही अनुसार अनुदानलाई सन्तुलित वनाउने काम गरेको छ।

करिडोरको कार्यालयले सामुहिक लगानी गरेर व्यवसायिक कृषिमा होमिएका प्रदेशभरी ८४ वटा पालिकाका  संस्थाहरुलाई मापदण्डमा आधारित भएर अनुदान  वितरणको पारम्भिक प्रक्रिया पनि अगाडि बढाएको छ।

१०३५ आवेदन मध्य अहिलेसम्म ६५ वटा छनोटमा भएको र यो आर्थिक बर्षमा ११५ वटा संस्था छनोट गरिने आर्थिक करिडोर कार्यालयले जनाएको छ।

अन्य आवेदकहरुको कार्यक्षेत्रमा नै पुगेर अनुगमन गर्ने क्रम जारी रहेको कार्यालय प्रमुख रविन्द्र महथाको भनाई छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments