घट्यो जिउँदो खसी र च्याङ्ग्राको मूल्य

काठमाडौँ : सरकारले जिउँदो खसी र च्याङ्ग्राको बिक्री मूल्य घटाएको छ । चाडपर्वको बेला उपभोक्तालाई अझ सहज होस भनि सरकारले खसी तथा च्याङग्रा खरिदमा थप सहुलियत दिएको हो । 

शुक्रबारदेखि लागू हुने गरि सरकारले जिउँदो खसीको मूल्य प्रतिकिलो २० रुपैयाँ र च्याङ्ग्राको मूल्य प्रतिकिलो २५ रुपैयाँ मूल्य घटाएको हो ।

सरकारले सहुलियत दिएको जिउँदो खसीको मूल्य प्रति किलो ६७०/- बाट अझ सहुलियत दिँदै प्रतिकिलो ६५०/- र च्याङग्रा प्रतिकिलो १२५०/- बाट प्रति किलो १२२५/- कायम गरेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।  

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments