ह्वात्तै घट्यो लोकल काक्रोको मुल्य,यस्तो छ आजको माछा,फलफूल तथा तरकारीको मूल्य हेर्नुहोस्

काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।

जसअनुसार टनेल गोलभेडा सानो प्रतिकेजी न्यूनतम मूल्य ४०,गोलभेडा सानो लोकल रू ४०,भारतीय गोलभेडा ठूलो ४०,घिउ सिमी लोकल १५,काउली स्थानिय प्रतिकेजी ४० रुपैयाँ ,आलु रातो ५५,मुडे आलु रातो ५०,भारतीय आलु रातो ३६,लौका २०,हरियो फर्सी रू ३०,घिरौला ३० कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ३०० रुपैयाँ ,बन्दा लोकल ६०, लोकल गाजर ८०, मूला सेतो १५,भन्टा डल्लो ४०,भन्टा लाम्चो १०,मकै बोडी ५०,टाटे सिमी ५०,तितो करेला ६०,ब्रोकाउली ८०, कागती १४० रुपैयाँ, भिण्डी रू ४०,न्यूरो ८० रुपैयाँ,रातो बन्दा १८०,लोकल काक्रो ४०,अदुवा प्रतिकेजी १५० रहेको समितिले जनाएको छ ।

समितिका अनुसार कुरीलो प्रतिकेजी ६००,केरा दर्जन १६०,अनार ४०० रुपैयाँ,आभोकाडो २०० रुपैयाँ,कालो अंगुर ४००,किवि २००,हरियो खुर्सानी अकबरे २५० रुपैयाँ,रहु माछा ३६०, छडी माछा २४०,बचुवा माछा २६० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

यस्तै लप्सी प्रतिकेजी ६०,हरियो धनिया ८०,खु्र्सानी सुकेको ४५०,नेपाली सुकेको लसुन २८०,चाइनिज लसुन २५०,परवर ४०,गुन्दुक प्रतिकेजी २५०,भारतीय प्याज सुकेको १२०,मटरकोशा २००,लसुन हरियो २५०,छ्यापी सुकेको १८०,भेडे खु्र्सानी १२०,भारतीय मेवा ११०,फूजी स्याउ ३२०,अम्बा ९०,मौसम १२०,जुनार ३२०,भारतीय सुन्तला १२०,पुदीना प्रतिकेजी ४००,अमला ६०,तोफु १२०,पिंडालू ५०,बकूला १४०,तामा ९०,चुकुन्दर ७०,निबुवा ४०,बरेला ५०,रुख टमाटर १००,स्कूस १०,बकूला १२०,कन्य च्याउ ५०,तने बोडी प्रतिकेजी ६० मा कारोबार भइरहेको छ ।

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments