रातो बन्दा प्रतिकेजी १५० मा कारोबार,यस्तो छ आजको माछा,फलफूल तथा तरकारीको मूल्य हेर्नुहोस्

आजको मूल्य : रातो बन्दा

काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।

जसअनुसार नेपाली गोलभेडा ठूलो प्रतिकेजी न्यूनतम मूल्य ६०,टनेल गोलभेडा सानो ३८,गोलभेडा सानो लोकल रू ३५,भारतीय गोलभेडा ठूलो ४०,घिउ सिमी लोकल १०,काउली स्थानिय प्रतिकेजी ३५ रुपैयाँ ,आलु रातो ६०,मुडे आलु रातो ४८,भारतीय आलु रातो ३६,लौका २०,हरियो फर्सी रू २०,घिरौला ३० कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी डल्लेच्याउ प्रतिकेजी २५० रुपैयाँ ,बन्दा लोकल ५०, लोकल गाजर ७०,मूला सेतो १५,भन्टा डल्लो ५०,भन्टा लाम्चो ३०,मकै बोडी ४०,टाटे सिमी ४०,तितो करेला ६०,ब्रोकाउली ९०, कागती १३० रुपैयाँ, भिण्डी रू ६०,न्यूरो ९०,रातो बन्दा १५०,लोकल काक्रो २५,अदुवा प्रतिकेजी १५० रहेको समितिले जनाएको छ ।

समितिका अनुसार कुरीलो प्रतिकेजी ७५०,केरा दर्जन १७०,अनार ४०० रुपैयाँ,आभोकाडो २०० रुपैयाँ,कालो अंगुर ४००,किवि २००,हरियो खुर्सानी अकबरे २०० रुपैयाँ,रहु माछा ३६०, छडी माछा २४०,बचुवा माछा २६० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

यस्तै लप्सी प्रतिकेजी ६०,हरियो धनिया ८०,खु्र्सानी सुकेको ४५०,नेपाली सुकेको लसुन २८०,चाइनिज लसुन २५०,परवर ४०,गुन्दुक प्रतिकेजी २५०,भारतीय प्याज सुकेको १००,मटरकोशा १५०,लसुन हरियो २००,छ्यापी सुकेको २००,भेडे खु्र्सानी ५०,नेपाली मेवा ६०,भारतीय मेवा १४०,फूजी स्याउ ३२०,अम्बा १००,मौसम १२०,जुनार २२०,भारतीय सुन्तला १००,पुदीना प्रतिकेजी ३५०,अमला ६०,तोफु १२०,पिंडालू ४५,तामा ९०,चुकुन्दर ७०,निबुवा ५०,बरेला ३०,रुख टमाटर १००,स्कूस १०,बकूला १२०,कन्य च्याउ ५०,तने बोडी प्रतिकेजी ६० मा कारोबार भइरहेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?