जाजरकोट भूकम्पमा परी मृत्यु हुनेको संख्या १३३ पुग्यो
काठमाडौँ : पश्चिम नेपाल जाजरकोटको लामिडाडामा गएराती ११:४७ मा गएको ६ दशमलब ४ रेक्टर स्केलको भूकम्पमा परि अहिले सम्म १३३ जनाको मृत्यु भएको छ।
मृत्युहुनेमा जाजरकोटका ९५ तथा रुकुम पश्चिमका ३८ जना रहेको कर्णाली प्रदेश आपतकालिन संचालन केन्द्रले जनाएको छ।
