जाजरकोट भूकम्पमा परी मृत्यु हुनेको संख्या १५७ पुग्यो
काठमाडौँ : पश्चिम नेपाल जाजरकोटको लामिडाडामा गएराती ११:४७ मा गएको ६ दशमलब ४ रेक्टर स्केलको भूकम्पमा परि अहिले मृत्यु हुनेको सङ्ख्या १५७ पुगेको छ । भूकम्पमा परी ९९ महिला र ५८ पुरुष गरी १५७ जनाको ज्यान गएको पुष्टि भएको छ ।
भूकम्पमा परी सबैभन्दा बढी मृत्यु जाजरकोट जिल्लाबाट भएको छ । जहाँ ७२ महिला र ३३ परुष गरी जम्मा १०५ जनाको मृत्यु भएको छ । यस्तै, रुकुमपश्चिम जिल्लामा २७ महिला २५ पुरुष गरी ५२ जनाको मृत्यु भएको छ ।
