भारतीय गोलभेडा उच्च मुल्यमा करोबार हुँदा ह्वात्तै घट्यो नेपाली गोलभेडाको मुल्य

काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।

जसअनुसार टनेल गोलभेडा सानो प्रतिकेजी न्यूनतम मूल्य २५,गोलभेडा सानो लोकल रू १५,गोलभेडा ठूलो भारतीय ९०,घिउ सिमी लोकल २०,काउली स्थानिय प्रतिकेजी १० रुपैयाँ ,आलु रातो ५२,भारतीय आलु रातो ३६,लौका २०,हरियो फर्सी रू १०,घिरौला ३० कायम भइ कारोबार भइरहेको छ ।

आजको माछा,फलफूल तथा तरकारीको मूल्य हेर्नुहोस् || Kalimati Vegetable and Fruits Rate Today ||kalimati

त्यसैगरी डल्लेच्याउ प्रतिकेजी २५० रुपैयाँ ,बन्दा लोकल ४०, लोकल गाजर ६०,मूला सेतो १०,भन्टा डल्लो ४०,भन्टा लाम्चो २०,टाटे सिमी ६०,तितो करेला ९०,ब्रोकाउली ५०, कागती १४० रुपैयाँ, भिण्डी रू ९०,रातो बन्दा १५०,लोकल काक्रो २०,अदुवा प्रतिकेजी १५० रहेको समितिले जनाएको छ ।

समितिका अनुसार कुरीलो प्रतिकेजी ९००,केरा दर्जन १५०,अनार ४०० रुपैयाँ,आभोकाडो २०० रुपैयाँ,कालो अंगुर ३८०,किवि २००,हरियो खुर्सानी अकबरे १५० रुपैयाँ,रहु माछा ३५०, छडी माछा २५०,बचुवा माछा २५० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

यस्तै लप्सी प्रतिकेजी ७०,हरियो धनिया १००,खु्र्सानी सुकेको ४५०,नेपाली सुकेको लसुन २८०,चाइनिज लसुन २८०,परवर ५०,गुन्दुक प्रतिकेजी २५०,भारतीय प्याज सुकेको ९०,मटरकोशा ६०,लसुन हरियो १८०,सखरखण्ड ४०,भेडे खु्र्सानी ७०,पिंडालू ४०,तरुल ८०,नेपाली मेवा ७०,भारतीय मेवा १४०,फूजी स्याउ ३२०,अम्बा २००,मौसम ९०,जुनार २२०,स्ट्रबेरी ४००,नेपाली सुन्तला प्रतिकेजी ८०,भारतीय सुन्तला ९०,तोफु १२०,तामा ९०,चुकुन्दर ७०,निबुवा ४०,स्कूस १०,बरेला २५,कन्य च्याउ ७०,तने बोडी प्रतिकेजी ३० मा कारोबार भइरहेको छ ।

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments