जंगली बँदेल कृषि हानिकारक वन्यजन्तु घोषणा, पाइने भयो मार्न

खेतीपाती नष्ट

काठमाडौँ:सरकारले जङ्गली बँदेललाई कृषि हानिकारक वन्यजन्तु घोषणा गरेको छ । वन तथा वातावरण मन्त्रालयले बिहीबार राजपत्रमा सूचना प्रकाशित गरी निजी खेत, खला, बारीमा आउने सानो जातको बँदेलबाहेकको जंगली बँदेललाई एक वर्षका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा गरेको हो । 

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण नियमावली, २०३० को नियम ३६ ले दिएको अधिकार प्रयोग गरी निजी खेत, खला, बारीमा आउने सानो जातको बँदेल बाहेकको जङ्गली बँदेललाई कृषि हानिकारक वन्यजन्तु घोषणा गरिएको हो ।

बँदेललाई धपाउने वा लखेट्ने क्रममा मृत्यु भएमा सम्बन्धित वडाको एकजना प्रतिनिधिसहित कम्तीमा पाँचजना स्थानीय व्यक्तिको रोहबरमा मुचुल्का खडागरी गाड्न वा तौलका आधारमा मूल्य तोकी उक्त रकम राजस्वमा दाखिला गर्न सकिने उल्लेख छ । यसबारे वन्यजन्तु आरक्ष कार्यालय, सिकार आरक्ष, डिभिजन वन कार्यालयमा जानकारी दिनुपर्ने उल्लेख छ ।

यस्ता छन् सर्त

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments