कुचोको डाँठले हिर्काउँदा बुबाको मृत्यु, छोरा पक्राउ

नवलपरासी पूर्व :

आफ्नै बुवा ६० वर्षीय होम बहादुर दराईको हत्या गरेको अभियोगमा मध्यविन्दु नगरपालिका-१० टाँडी बस्ने ३५ वर्षीय रुपेश दराईलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

रूपेशले कुचोको डाँठले हिर्काउँदा गम्भीर घाईते भएका होम बहादुरको मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी अरूणखालाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?