भारतीय गोलभेडा उच्च मुल्यमा करोबार हुँदा ह्वात्तै घट्यो नेपाली गोलभेडाको मुल्य
काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।
जसअनुसार नेपाली गोलभेडा ठूलो प्रतिकेजी न्यूनतम मूल्य ५०,टनेल गोलभेडा सानो १५,गोलभेडा सानो लोकल रू १०,घिउ सिमी लोकल ७०,भारतीय गोलभेडा ठूलो ८०,काउली स्थानिय प्रतिकेजी ३० रुपैयाँ,आलु रातो ३४,आलु रातो(भारतीय) ३०,लौका ५०,हरियो फर्सी ४०,घिरौला ९० कायम भइ कारोबार भइरहेको छ ।
त्यसैगरी डल्लेच्याउ प्रतिकेजी २८० रुपैयाँ ,बन्दा लोकल ३०, लोकल गाजर ४०,मूला सेतो १०,भन्टा डल्लो ५०,भन्टा लाम्चो ५०,टाटे सिमी ५०,तितो करेला ७०,ब्रोकाउली ५०,कागती १२० रुपैयाँ, भिण्डी रू १००,रातो बन्दा १८०,लोकल काक्रो ९०,अदुवा प्रतिकेजी १५० रहेको समितिले जनाएको छ ।
समितिका अनुसार कुरीलो प्रतिकेजी १२००,केरा दर्जन १४०,अनार ३५० रुपैयाँ,अंगुर(कालो) २५०,आभोकाडो २०० रुपैयाँ,किवि २००,हरियो खुर्सानी अकबरे ३०० रुपैयाँ,रहु माछा ३६०,छडी माछा २४०,बचुवा माछा २६० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।
यस्तै लप्सी प्रतिकेजी ६०,हरियो धनिया ९०,खु्र्सानी सुकेको ४८०,नेपाली सुकेको लसुन २६०,चाइनिज लसुन २६०,परवर ७०,गुन्दुक प्रतिकेजी २५०,भारतीय प्याज सुकेको १३५,मटरकोशा १००,लसुन हरियो ९०,सखरखण्ड ५०,भेडे खु्र्सानी ६०,पिंडालू ५०,तरुल ६०,नेपाली मेवा ६०,भारतीय मेवा ८०,फूजी स्याउ ३००,अम्बा १२०,मौसम १४०,जुनार २००,स्ट्रबेरी ४००,नेपाली सुन्तला १००,तरबुजा ६०,तोफु १२०,चुकुन्दर ६०,निबुवा ५०,तामा ९०,स्कूस १५,बरेला ५०,बकूला ५०,कन्य च्याउ १८०,तने बोडी प्रतिकेजी ९० मा कारोबार भइरहेको छ ।
