आगामी तीन दिन देशभरको मौसमी अवस्था कस्तो रहला हेरौ

काठमाडौँ : जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव  रहेको जनाएको छ।

महाशाखाका अनुसार हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ। तराईका थोरै स्थानहरूमा हुस्सु/कुहिरो लागेको छ ।

 आज दिउँसो देशभर आंशिक बदली देखि सामान्यतया सफा रहनेछ।

आज राती देशभर आंशिक बदली देखि सामान्यतया सफा रहनेछ।   

२०८० पुस ०६ गते (शुक्रबार) दिउँसो देशभर आंशिक बदली रहनेछ।

शुक्रबार राती देशभर आंशिक बदली रहनेछ।   

२०८० पुस ०७ गते (शनिबार)दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।   

शनिबार राती देशभर आंशिक बदली देखि मौसम सामान्यतया रहनेछ।   

आगामी २४ घण्टाका लागि देशभरिको तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउनुहुन सबैमा अनुरोध छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?