बिर्सायो विदेशको दुःख च्याउ खेतीले

चितवन :वैदेशिक रोजगारीबाट स्वदेश फर्केका चितवनका एक युवकले  आफ्नै ठाउँमा च्याउ खेती थाल्नुभएको छ । चितवन कालिका नगरपालिका २ का कमल सुवदीले जिल्लामै प्रबिधि सहित च्याउ खेती थाल्नुभएको हो । विदेशमा काम गर्दा आफुले च्याउ सम्बन्धित काम सिकेको कामलाई नेपालमा जोड्न लागेको उहाँले बताउनुभयो ।उहाँ बीस बर्ष बिदेशका विभिन्न देशमा दुबई, कुवेत,नेदरल्यान्ड मुलुकमा वैदेशिक रोजगारी गरेर स्वदेश फर्कनुभएको हो।

बिगत बिस बर्ष बिदेशमा च्याउमा काम गरि फर्किनुभएका कमल सुबेदिले चितवन कालिका नगरपालिकामा रेन्स्की  मशरुम फार्म संचालन गर्दै अत्याधुनिक मेसिन सहित च्याउको बिउ उत्पादन शुरु गर्नु भएको छ, यसैबीच आज कालिका नगरपालिकाका नगरप्रमुख बिनोद रेग्मिले उक्त प्लान्टको एक कार्यक्रमका बिच उद्घाटन  गर्नुभयो ।

विदेशमा सिकेको अनुभव र आफ्नो घरपरिवारसँगै बस्ने योजनाका साथ सुबेदिले च्याउ खेती थाल्नुभएको हो । विदेशभन्दा स्वदेशमै घरपरिवारसँग बस्दै काम गर्दै तीन करोडको लगानीमा थालेको च्याउ खेतीले जिल्लालाई च्याउमा आत्मनिर्भर बनाउने साथै ३० जनालाई रोजगार सिर्जना हुने उहाँ बताउनुहुन्छ ।  

सुबेदिले भन्नुभयो, “वैदेशिक रोजगारी भनेपछि मरिहत्ते गर्ने नेपाली युवाका लागि स्वदेशमै केही गर्नु पर्छ भन्ने सन्देश दिन पनि चाहन्छु ।” विदेशमा बगाउने पसिना स्वदेशमा बगाउन र श्रम गर्न सके यहीँ केही गर्न सकिने भन्दै च्याउखेतीमा लागेको सुबेदिकोको कथन छ ।

वैदेशिक रोजगारीका लागि विभिन्न देश गएका युवा कोही दुःख पाएर फर्किन्छन् त कोही कमाएर पनि फर्किने गरेका छन् । विदेशबाट फर्केर स्वदेशमै केही गर्छु भन्ने युवाको सङ्ख्या भने कमै छ । त्यसमध्येका एक सुवेदी तालगायतका केही युवाले विदेशमा सिकेको सीपलाई स्वदेशमा सदुपयोग गर्न थालेका छन् । श्रम र सीप प्रयोग गरेर गाउँमै व्यावसायिक बन्न सके रोजगारीका लागि भौतारिनु पर्दैन भन्ने सन्देश सुबेदिले दिएको स्थानीय  कृषि उधमी गोबिन्द बास्तोलाले बताउनुभयो 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments