ह्वात्तै घट्यो रातो बन्दाको मुल्य,यस्तो छ आजको माछा,फलफूल तथा तरकारीको मूल्य हेर्नुहोस्
काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।
जसअनुसार नेपाली गोलभेडा ठूलो प्रतिकेजी न्यूनतम मूल्य ५० रुपैयाँ,भारतीय गोलभेडा ठूलो ५० रुपैयाँ,टनेल गोलभेडा सानो १५ रुपैयाँ,गोलभेडा सानो लोकल १५ रुपैयाँ,घिउ सिमी लोकल ४०,काउली स्थानिय प्रतिकेजी ३५ रुपैयाँ,आलु रातो ३६,भारतीय आलु रातो ३०,लौका ६०,हरियो फर्सी ४० रुपैयाँ घिरौला १०० रुपैयाँ कायम भइ कारोबार भइरहेको छ ।
त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ४०० रुपैयाँ ,बन्दा लोकल ३० रुपैयाँ,लोकल गाजर ४० रुपैयाँ,मूला सेतो १० रुपैयाँ,भन्टा डल्लो ५० रुपैयाँ,भन्टा लाम्चो ५० रुपैयाँ,टाटे सिमी ५०,तितो करेला १३० रुपैयाँ,ब्रोकाउली ४०,कागती १४० रुपैयाँ, भिण्डी ८० रुपैयाँ,रातो बन्दा ६० रुपैयाँ,लोकल काक्रो १३० रुपैयाँ,अदुवा प्रतिकेजी १५० रुपैयाँ रहेको समितिले जनाएको छ ।
समितिका अनुसार कुरीलो प्रतिकेजी २००० रुपैयाँ,केरा दर्जन १३० रुपैयाँ,अनार २५० रुपैयाँ,कालो अंगुर २८० रुपैयाँ,आभोकाडो २५० रुपैयाँ,किवि ३०० रुपैयाँ,हरियो खुर्सानी माछे ७० रुपैयाँ,रहु माछा ३६०,छडी माछा २४०,बचुवा माछा २६० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।
यस्तै लप्सी प्रतिकेजी ७० रुपैयाँ,हरियो धनिया १०० रुपैयाँ,खु्र्सानी सुकेको ४८० रुपैयाँ,नेपाली सुकेको लसुन २६०,चाइनिज लसुन सुकेको २४०,परवर ८०,गुन्दुक प्रतिकेजी २५०,भारतीय प्याज सुकेको ७८,चाइनिज सुकेको प्याज ६०,मटरकोशा ८०,लसुन हरियो १२०,सखरखण्ड प्रतिकेजी ६० रुपैयाँ,भेडे खु्र्सानी ९० रुपैयाँ,पिंडालू ७० रुपैयाँ,तरुल ६० रुपैयाँ,नेपाली मेवा ६० रुपैयाँ,भारतीय मेवा ७० रुपैयाँ,फूजी स्याउ ३०० रुपैयाँ,अम्बा १२० रुपैयाँ,मौसम १२० रुपैयाँ,जुनार २००,स्ट्रबेरी ३००,नेपाली सुन्तला १२०,तरबुजा ६०,तोफु १२०,चुकुन्दर ६०,निबुवा ४०,तामा ९०,स्कूस ३०,बरेला ३०,बकूला ६०,पालूगो साग ९०,कन्य च्याउ १४० रुपैयाँ,किनु प्रतिकेजी ९० रुपैयाँमा कारोबार भइरहेको छ ।
