त्रिपुरासुन्दरीले पनि निकाल्यो बाँदर नियन्त्रण गर्न भन्दै रूख काट्ने सूचना
सिन्धुपाल्चोक: सिन्धुपाल्चोकको त्रिपुरा सुन्दरी गाउँपालिकाको वडा नम्बर ३ को सबै बस्तिमा बाँदर लगायत अन्य जिव जनावरले कृषि बालिनाली सखाप पारेको भन्दै वडा अध्यक्ष शिव कुमार कार्कीले एक सूचना निकाल्दै फागुन भित्र आफ्नो निजी जग्गामा भएको रुख काटी झाडी सुधार गर्न आग्रह गरेका छन्।

