राष्ट्रिय कृषक समूह महासंघ नेपाल नगर समिति ताप्लेजुङ्गमा उदायो
ताप्लेजुङ्ग फुङलिङ : गत साता अघि ताप्लेजुङ जिल्ला समन्वय समिति र नगर कार्य समिति द्वारा निम्न स्थानमा राष्ट्रिय कृषक समूह गठन गरीएको छ । उक्त कृषक समूह नन्दराज भारतीको अध्यक्षतामा ११ सदस्यता र अन्य उपस्थिति रहेको थियो।
राष्ट्रिय कृषक समूह महासंघ नगर समन्वय समितिको ताप्लेजुङ जिल्लाको निम्न स्थानमा २०८० माघ २९ गते बसेको बैठकको निर्णयअनुसार ताप्लेजुङ नगरमा अवस्थित कृषि सगँ सम्वन्धित नेपाल सरकार मातहतमा चलिरहेको संम्बन्धित निकायको कार्यालय हरूमा निम्न तपसिलकासा विभिन्न बुँदा समावेश गरिएको पनी राष्ट्रिय कृषक समूह महासंघका अध्यक्ष नन्दराज भारतीले जानकारी दिनुभयो।
समुहको बुँदाको कार्यक्रमहरूमा सबैभन्दा अगावै सबै वडा स्तरमा कार्यक्रम संचालनको लागि निम्न तपसिलकासाथ तोक्मे डाडाँ हाटबजार भित्र सब्जी मन्डिको व्यवस्था, उत्पादित वस्तुको हरुको ढुवानीका लागि कृषि एम्बुलेन्सको व्यस्थापन वर्गिकरण सहितको किसान परिचयपत्र लागु किसान परिचयपत्रको आधारमा अनुदान तथा सेवाको वितरण अलैँची खेति प्रवद्र्धनका लागी विशेष कार्यक्रम ल्याउने
प्रत्येक वडा तह सम्म कृषि तथा भेटेनरी प्राविधिक व्यवस्था माटाको परीक्षण कार्यक्रमको वडास्तरमा संन्चालन नगरपालिकाको स्तरमा कृषि जन्य थोक बजारको स्थापना कृषि तथा पशु जन्य उत्पादनहरुको लागि सहि नाप तौल सहितको समर्थन मुल्यांकन व्यवस्था गर्नुपर्ने अनुदानको अनुगमन तदारुकताका साथ कार्यान्वयन किसानको मागमा आधारित योजनाहरु वितरण गरिने व्यवस्था नगरपालिकाको कुल बजेटमा २५ प्रतिशत कृषि छेत्रमा लगानी साथै आवको बाटोमा होइन माटोमा लगानी गरियोस् निशुल्क पशु बिमा कार्यक्रम योजना ल्याउने कृषि तथा पशु सँग सम्बन्धित सबै निकायहरूल योजना तर्जुमा तयारी गर्न समुहको महासंघको प्रतीनिधी गरियोस् भनी राष्ट्रिय कृषक समूहका विवेक घिमिरेले जानकारी दिनुभयो।
साथै राष्ट्रिय कृषक समूह महासंघ जिल्ला समन्वय समितिको ताप्लेजुङ र फुङलिङ नगर कार्य समितिको पदाधिकारी हरुको संयुक्त टोली द्वारा माथि उल्लेखित बुँदाहरूको ध्यानआकर्षण गराउने कार्य भएको थियो। यसमा कृषि तथा पशु सँग सम्बन्धित निकायका कार्यालयहरु कृषि ज्ञान केन्द्र, वन कार्यालय, अलैँची मकै जोन, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ताप्लेजुङ समेत जानकरी गराएको नगर समिति कार्य अध्यक्ष नन्दराज भारतीले बताए।
