बाख्रा चराउने क्रममा जङ्गली बँदेलको आक्रमणबाट एक वृद्ध घाइते

खेतीपाती नष्ट

अछाम:अछाममा जङ्गली बँदेलको आक्रमणबाट एक वृद्धा घाइते भएका छन् । आज दिउँसो कमलबजार नगरपालिका–७ बस्ने ६६ वर्षीय वृद्धा हीरादेवी अधिकारीलाई बँदेलले आक्रमण गरी घाइते बनाएको हो ।

घरबाट करिब आधा किलोमिटर टाढा रहेको पत्थरिया खान जङ्गलमा बाख्रा चराउने क्रममा जङ्गली बँदेलले आक्रमण गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले जानकारी दिए ।

घाइते अधिकारीको कमलबजार स्वास्थ्य चौकीमा सामान्य उपचार पश्चात् थप उपचारका लागि प्रादेशिक अस्पताल सुर्खेतमा पठाइएको प्रनाउ पाठकले बताए। बँदेलको आक्रमणबाट उनको कम्मरमा गहिरो चोट लागेको छ । रासस

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments