आजको माछा,फलफूल तथा तरकारीको मूल्य हेर्नुहोस्

कालिमाटी फलफूल तथा तरकारी बजार

काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।      

जसअनुसार नेपाली गोलभेडा ठूलो प्रतिकेजी न्यूनतम मूल्य ५० रुपैयाँ,भारतीय गोलभेडा ठूलो ६० रुपैयाँ,टनेल गोलभेडा सानो २५,लोकल गोलभेडा सानो २०,घिउ सिमी लोकल १३०,काउली स्थानिय प्रतिकेजी २५ रुपैयाँ,आलु रातो ३२ रुपैयाँ,भारतीय आलु रातो ३४,लौका ४०,हरियो फर्सी डल्लो ५० रुपैयाँ,घिरौला प्रतिकेजी १४० कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ३०० रुपैयाँ ,बन्दा लोकल २५ रुपैयाँ,लोकल गाजर ३० रुपैयाँ,मूला सेतो २५ रुपैयाँ,भन्टा लाम्चो ४० रुपैयाँ,टाटे सिमी ७०,तितो करेला ११० रुपैयाँ,ब्रोकाउली ३०,कागती २५० रुपैयाँ, भिण्डी १०० रुपैयाँ,रातो बन्दा ५० रुपैयाँ,लोकल काक्रो १२० रुपैयाँ,अदुवा प्रतिकेजी २०० रुपैयाँ रहेको समितिले जनाएको छ ।

समितिका अनुसार कुरीलो प्रतिकेजी १२०० रुपैयाँ,केरा दर्जन १२० रुपैयाँ,अनार २५० रुपैयाँ,कालो अंगुर १८० रुपैयाँ,आभोकाडो ४०० रुपैयाँ,किवि ४०० रुपैयाँ,हरियो खुर्सानी अकबरे २५० रुपैयाँ,रहु माछा ३४०,छडी माछा २४०,बचुवा माछा २६० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

यस्तै लप्सी प्रतिकेजी ११० रुपैयाँ,हरियो धनिया ४० रुपैयाँ,खु्र्सानी सुकेको ४०० रुपैयाँ,चाइनिज लसुन सुकेको २४०,परवर २५०,गुन्दुक प्रतिकेजी २५०,भारतीय प्याज सुकेको ७८,मटरकोशा ९०,लसुन हरियो ११०,सखरखण्ड प्रतिकेजी ७० रुपैयाँ,भेडे खु्र्सानी ९० रुपैयाँ,पिंडालू ७० रुपैयाँ,तरुल ६० रुपैयाँ रहेको समितिले जनाएको छ ।

समितिका अनुसार नेपाली मेवा प्रतिकेजी ७० रुपैयाँ,भारतीय मेवा ७० रुपैयाँ,फूजी स्याउ ३२० रुपैयाँ,अमला ७० रुपैयाँ,मौसम १३० रुपैयाँ,जुनार २२०,स्ट्रबेरी २००,नेपाली सुन्तला १५०,तरबुजा ६०,तोफु १५०,चुकुन्दर ६०,निबुवा ५०,तामा ९०,स्कूस ३५,बरेला ५०,बकूला ७०,पालूगो साग ३०,कन्य च्याउ १४० रुपैयाँ,रुख टमाटर प्रतिकेजी १४०,पुदीना प्रतिकेजी २२० रुपैयाँमा कारोबार भइरहेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments