ह्वात्तै बढ्यो भारतीय प्याजको मुल्य,यस्तो छ आजको माछा,फलफूल तथा तरकारीको मूल्य हेर्नुहोस्

काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।

हिजो न्यूनतम मूल्य प्रतिकिलो ७८ रुपैयाँमा कारोबार भएको भारतीय प्याजको मुल्य आज बढेर ८५ पुगेको छ । 

जसअनुसार नेपाली गोलभेडा ठूलो प्रतिकेजी न्यूनतम मूल्य ५० रुपैयाँ,भारतीय गोलभेडा ठूलो ६० रुपैयाँ,टनेल गोलभेडा सानो २५,लोकल गोलभेडा सानो २०,घिउ सिमी लोकल १५०,काउली स्थानिय प्रतिकेजी ३० रुपैयाँ,आलु रातो ३२ रुपैयाँ,भारतीय आलु रातो ३४,लौका ६०,हरियो फर्सी डल्लो ५० रुपैयाँ,घिरौला प्रतिकेजी १३० कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ३२० रुपैयाँ ,बन्दा लोकल २५ रुपैयाँ,लोकल गाजर ३० रुपैयाँ,मूला सेतो २५ रुपैयाँ,भन्टा लाम्चो ७० रुपैयाँ,टाटे सिमी १००,तितो करेला १२० रुपैयाँ,ब्रोकाउली ४०,कागती २४० रुपैयाँ, भिण्डी ११० रुपैयाँ,रातो बन्दा ५० रुपैयाँ,लोकल काक्रो १२० रुपैयाँ,अदुवा प्रतिकेजी २०० रुपैयाँ रहेको समितिले जनाएको छ ।

समितिका अनुसार कुरीलो प्रतिकेजी १२०० रुपैयाँ,केरा दर्जन १२० रुपैयाँ,अनार २८० रुपैयाँ,कालो अंगुर १८० रुपैयाँ,आभोकाडो ४०० रुपैयाँ,किवि ४०० रुपैयाँ,हरियो खुर्सानी अकबरे २८० रुपैयाँ,रहु माछा ३४०,छडी माछा २४०,बचुवा माछा २६० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

यस्तै लप्सी प्रतिकेजी ११० रुपैयाँ,हरियो धनिया ६० रुपैयाँ,खु्र्सानी सुकेको ४०० रुपैयाँ,चाइनिज लसुन सुकेको २४०,परवर २५०,गुन्दुक प्रतिकेजी २५०,भारतीय प्याज सुकेको ८५,मटरकोशा ८०,लसुन हरियो १३०,सखरखण्ड प्रतिकेजी ६० रुपैयाँ,भेडे खु्र्सानी ९० रुपैयाँ,पिंडालू ९० रुपैयाँ,तरुल ७० रुपैयाँ रहेको समितिले जनाएको छ ।

समितिका अनुसार नेपाली मेवा प्रतिकेजी ७० रुपैयाँ,भारतीय मेवा ६० रुपैयाँ,फूजी स्याउ ३२० रुपैयाँ,अम्बा १५० रुपैयाँ,मौसम १४० रुपैयाँ,जुनार २२०,स्ट्रबेरी २००,नेपाली सुन्तला १५०,तरबुजा ६०,तोफु १५०,चुकुन्दर ६०,निबुवा ५०,तामा ९०,स्कूस ४०,बरेला ५०,बकूला ८०,पालूगो साग ५०,कन्य च्याउ १३० रुपैयाँ,रुख टमाटर प्रतिकेजी १४०,पुदीना प्रतिकेजी ३५० रुपैयाँमा कारोबार भइरहेको छ ।

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments