डोटीमा उत्पादित मकैको बिउ झापामा बिक्री

डोटी:जोरायल गाउँपालिका–४ स्थित लक्ष्मी सरस्वती बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले ६९ टन उन्नत जातको मकैको बिउ बिक्री गर्ने भएको छ।

सहकारीले किसानबाट संकलन गरी ६९ हजार ६८८ किलो मकैको बिउ बिक्री गर्ने भएको छ सहकारीले मंसिरदेखि किसानबाट मकै संकलन गर्न शुरु गरी चैतसम्म प्रमाणीकरणसहित ‘प्याकिङ’ गरेर पुनः बिउ किसानसम्म पुर्‍याउने गरेको छ।

यो वर्षको अहिलेसम्म १४ हजार १७० किलो मकैको बीउ बिक्री भइसकेको सहकारीका व्यवस्थापक ठक्करबहादुर कठायतले बताए। ५५ हजार ५१८ किलो मकैको बिउ बिक्रीका लागि तयारी अवस्थामा छ। सहकारीले प्रतिकेजी ८० रुपैयाँका दरले बिउ बिक्री गर्छ। सहकारीले अरुण–२, अरुण–४, मनकामना–३, पोसिलो, रामपुर, कम्पोजिटलगायतका विभिन्न उन्नत जातका बिउ बिक्री गर्दै आइरहेको छ।

सहकारीले विभिन्न एग्रोभेटमार्फत बीउ आपूर्ति गर्दै आएको छ। डोटीको जोरायलमा उत्पादन भएको मकैको बिउ झापासम्म पुग्ने गरेको सहकारीले जनाएको छ।

सहकारीले बिक्री गर्ने बिउबाट उत्पादित मकै विशेष गरेर पोलेर खान, कुखुराका लागि दाना बनाउनेलगायत प्रयोजनमा आउँछ। सहकारीले गत वर्ष ५४ लाख ४० हजार बराबरको ६८ टन मकैको बिउ बिक्री गरेको थियो। रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?