चौथो पटक मन्त्रीको शपथ खाँदै ज्वालाकुमारी

काठमाडौं:बारा-३ बाट संघीय संसद्मा निर्वाचित ज्वालाकुमारी साहले चौथो पटक मन्त्रीको शपथ लिने भएकी छन् ।

सोमबार बनेको एमाले, माओवादी, रास्वपा र जसपासहितको सत्ता गठबन्धनमा भागबन्डा मिलेसँगै उनले आजै मन्त्रीको शपथ लिनेछिन् । ज्वाला यसपटक पनि गत वर्षजस्तै कृषि तथा पशुपँक्षी विकास मन्त्री बन्ने भएकी छन् ।

ज्वालाले मन्त्रीको शथ लिन लागेको यो चौथो पटक हो । यसअघि उनी गत वर्षको पुस १० मा बनेको एमाले माओवादी सरकारमा ३२ दिन कृषि मन्त्री बनेकी थिईन् ।

उनले ०७८ सालमा तत्कालीन केपी ओली नेतृत्वको सरकारमा पनि आधा महिना कृषि मन्त्रालयको जिम्मेवारी सम्हालेकी थिईन् ।भने पहिलो पटक उनी बाबुराम भट्टराई नेतृत्वको सरकारमा साढे चार महिना भूमि सूधार र डेढ महिना पर्यटन राज्यमन्त्री बनेकी थिईन् ।

माओवादी र एमालेबीच बनेको नेकपा विघटन भएपछि एमालेमै बसेकी उनले २ वर्ष अगावै सांसद पद गुमाएकी थिईन् । एमालेमा अध्यक्ष केपी शर्मा ओलीको अत्यन्तै निकट मानिएकी उनी सानै उमेरमा पटक पटक मन्त्री बनने अवसर पाउने महिला नेतृमा पर्छिन ।

        

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments