अठार करोडको लागतमा सिँचाइ योजना सम्पन्न

नहरमा क्षति

हेटौँडा, २२ चैत : बागमती प्रदेशको जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयले मकवानपुरमा रु ३८ करोड ९८ हजार विनियोजित रकममध्ये रु १७ करोड ८९ लाख ४७ हजारको लागतमा योजना सम्पन्न गरेको छ । कार्यालयका अनुसार उक्त लागतमा मकवानपुरमा रहेका एक सय ९१ योजनामध्ये एक सय एक योजना सम्पन्न भएका छन् ।

मकवानपुर जिल्लामा हालसम्म ६२ हजार १७ सय हेक्टर खेतीयोग्य जमिन भए पनि २० हजार हेक्टरमा मात्र सिँचाइ सुविधा पुगेको छ । चालु आवको अन्तिमसम्ममा पुराना तथा नयाँ सिँचाइ योजना सम्पन्न भएमा एक हजार ५० हेक्टर थप जमिन सिञ्चित हुने कार्यालयले जनाएको छ ।

सम्पन्न योजनाअन्तर्गत नदी नियन्त्रणतर्फ चार, सिँचाइसम्बन्धी ८०, मझौला सिँचाइ योजना एक तथा अन्य १५ योजना छन् । योजनाअन्तर्गत चालु आर्थिक वर्षकोे हालसम्म पाँच हजार मिटर कुलो, साता कलभर्ट, दुई पक्की सिँचाइ मुहान, तीन सिँचाइ पुल निर्माण, एक सय २४ मिटर जाली निर्माण, तीन हजार एक सय ७६ जाली बाँध निर्माण, दुई हजार तीन सय ८० मिटर बाँध निर्माण, ६ हजार चार सय ५० मिटर लामो पाइपबाट सिँचाइ कुलो निर्माण भएको जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयका प्रमुख निर्मल दाहालले जानकारी दिनुभयो ।

पुरानो नहरको संरचना मर्मतबाट पाँच सय हेक्टर जमिन तथा थप नयाँ सिँचाइ योजनाबाट दुई सय हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको प्रमुख दाहालले बताउनुभयो । बागमती प्रदेशको जलस्रोत तथा सिँचाइ विकास मन्त्रालयले दुई वर्ष अगाडि प्रदेशका १३ जिल्लामा खेतीयोग्य जमिन तथा त्यहाँ उपलब्ध सिँचाइ सुविधाबारे सर्भे गरेको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments