हुरी र वर्षाले फलफुलमा क्षति

उदयपुर, ३० चैतः गएराति हावाहुरीसहित आएको वर्षाको कारण भर्खर फल लाग्दै गरेको लिची र आँपमा क्षति पुगेको छ ।गएराति साँझदेखि रातको १२ बजेसम्म वर्षासँगै आएको हावाहुरीको कारण भर्खर फल लाग्दै गरेको किसानको आँप लिचीमा सामान्य क्षति भएको किसनले बताएका छन् ।

जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रको जोगिदह, मोथ्याई, चौदण्डी गढी नगरपालिकाको हाँडिया, सुन्दरपुर र बेलका नगरपालिकाको पुरनदह, भागलपुरसहित आम्बासी क्षेत्रका आँप तथा लिचीमा सामान्य क्षति भएको किसानको भनाइ छ । त्रियुवा–१ जोगिदहका किसान देबलाल चौधरीका अनुसार गएराति ८ बजेदेखि ११ बजेसम्म वर्षासँगै आएको हावाहुरीका कारण आफ्नो बगँैचाको लिची र आँपका साना फल झरेको छ । “अचानक आएको हावाहुरीका कारण आँप र लिचीका फलमा झण्डै १० प्रतिशत जति क्षति भएको छ”, उहाँले भन्नुभयो ।

बेलका नगरपालिकाको भागलपुर र आम्बासी क्षेत्रमा समेत हावाहुरीको कारण फलफुलमा सामान्य क्षति भएको आम्बासीका किसान नरेन्द्र खड्काले बताउनुभयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?