बेनीमा कृषि बजारको भवन निर्माण सुरु

म्याग्दी, ७ वैशाखः जिल्लाको सदरमुकाम बेनी बजारमा कृषि बजार निर्माण निर्माण सुरु भएको छ । सङ्घीय सरकारको विशेष अनुदानमा बेनी नगरपालिकाले वडा नं ८ कालीपुलमा कृषि बजारको भवन निर्माण सुरु गरेको हो ।

बेनी नगरपालिका–८ का वडाध्यक्ष उत्तमकुमार कर्माचार्यले रु तीन करोडको लागतमा भवन निर्माण गर्न थालिएको जानकारी दिनुभयो । “सङ्घीय सरकारको कृषि तथा पशुपक्षी बजार प्रवर्द्धन कार्यक्रमअन्तर्गत बेनी नगरपालिकामा चालु आर्थिक वर्षमा प्राप्त भएको रु ३० लाख २५ हजार बजेटबाट भवन निर्माण सुरु गरिएको छ”, उहाँले भन्नुभयो, “आगामी आवमा बजेटलाई निरन्तरता दिने सङ्घीय सरकारको प्रतिबद्धतापछि निर्माण थालिएको हो ।” बेनीका सबै तरकारी र मासु पसललाई एकै ठाउँबाट सञ्चालन गर्ने लक्ष्यसहित कृषि बजार भवन बनाउन लागिएको हो ।

एकै ठाउँमा तरकारी र मासु पसल सञ्चालन गर्दा प्रतिस्पर्धा हुने, किसानले उत्पादन गरेका सामानको बजारीकरणमा सहयोग पुग्ने वडाध्यक्ष कर्माचार्यले बताउनुभयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?