दुनाटपरीको प्रयोग बढाउन प्रदेश प्रमुख भट्टको आग्रह

गण्डकी, २१ वैशाख : गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्लास्टिकजन्य सामग्रीको विकल्पमा दुनाटपरी प्रयोग गर्न आग्रह गर्नुभएको छ । सुदूरपश्चिम प्रदेशबाट दुनाटपरीको बजारीकरण एवं अवलोकन भ्रमणका लागि पोखरा आएको कृष्णपुर नगरपालिका–९ राजघाटको प्रतिनिधिसँगको भेटघाटमा उहाँले पर्यटकीय राजधानी पोखरामा वातावरणमैत्री सामग्रीको प्रयोग बढाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

टोलीमा सुदूरपश्चिम प्रदेशका पूर्वप्रदेशसभा सदस्यसमेत रहनुभएका सामुदायिक वन समन्वय समितिका अध्यक्ष महेशदत्त जोशी, वनदेवी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष निरज भण्डारी, दुनाटपरी उत्पादन समूहकी संयोजक फूलकुमारी चौधरी र सदस्यहरूको सहभागिता रहेको थियो । “अहिले डढेलोका कारण पूरै देशलाई असर पुगेको छ । जङ्गलमा रूखका पातपतिङ्गरकै कारण डढेलो फैलन पुगेको हो । यदि पातलाई सही उपयोग गर्ने, दुनाटपरी बनाउने हो भने यो समस्या केही कम हुने थियो,” उहाँले भन्नुभयो । स्वआर्जनमा वृद्धि, मुलुकको आर्थिक विकासमा टेवा, महिला दिदीबहिनीले घरमै बसेर अर्थोपार्जन गर्न सकिने भएकाले पनि यसको बजारीकरण हुन आवश्यक रहेको उहाँको जोड थियो ।

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments