कृषि क्षेत्रमा लगानी वृद्धि गर्नुपर्छ– अध्यक्ष नेपाल

काठमाडौँ, २६ वैशाख : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकमा कृषि क्षेत्रलाई आत्मनिर्भर बनाउन आगामी बजेटमा लगानी वृद्धि गर्नुपर्ने बताउनुभएको छ ।

कालिका खबरको दशौँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उहाँले कृषि, पर्यटन, ऊर्जा, पूर्वाधार क्षेत्रमा गरिने लगानीले रोजगारी वृद्धि हुन्छ भन्नुभयो । उहाँले कृषकको आयस्तर वृद्धि भएमा उनीहरूको खर्च गर्ने क्षमताको विकास भइ राष्ट्रिय अर्थतन्त्रलाई गतिशील बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। अध्यक्ष नेपालले आफ्नो पार्टीको आन्तरिक एकतालाई थप बलियो बनाउँदै निर्धारित समयमा अधिवेशन सम्पन्न गरिने उल्लेख गर्नुभयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?