लामो समयको खडेरीपछि वर्षा हुँदा किसानलाई राहत

बैतडी, २९ वैशाख : लामो समयको खडेरीपछि वर्षा हुँदा यहाँका किसानलाई राहत मिलेको छ । वर्षा भएपछि उनीहरुलाई खेतीपाती गर्न सहज भएको छ ।

वर्षा भएपछि मकै छर्न तथा अन्य बालीनाली लगाउन सहज भएको दोगडाकेदार गाउँपालिका–३ का किसान फुनडी विष्टले बताउनुभयो । उहाँले भन्नुभयो, “ लामो समयको खडेरीपछि पानी परेको छ, अब यसले बालीनालीलाई फाइदा पुग्नेभयो ।”

वर्षाले तरकारी बाली र फलफूल खेतीमा सिँचाइको काम गरेको दार्चुलाको लेकममा किसान मानबहादुर कार्कीले बताउनुभयो । मकै छर्न तयार भएका किसान वर्षापछि खुसी भएका छन् । सिँचाइ अभावमा तरकारी बाली र फलफूल सुक्न थालेका थिए । बैतडीमा मकैखेती १४ हजार पाँच सय हेक्टर जग्गामा गरिँदै आएको छ ।

यसैबीच वर्षापछि यहाँका वनजङ्गलमा लागेको डढेलो पनि नियन्त्रणमा आएको छ । डढेलोका कारण वायुप्रदूषण बढेको थियो । वर्षापछि प्रदूषण कम भएको छ । बैतडीका एक सयभन्दा बढी वनमा डढेलो लागेको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?