पानी पर्दा सर्वसाधारणलाई राहत

सुदूरपश्चिम, २९ वैशाखः लामो समयपछि कैलालीसहितका जिल्लामा आज भएको वर्षाले चर्को गर्मीसँगै खडेरीको मारमा परेका नागरिकले राहत महसुस गरेका छन् । वर्षाका कारण राहत महसुस भएको स्थानीय झलक बोहराले बताउनुभयो ।

“पानी नपाएर मर्न थालेका बोटविरुवा र कृषि बालीलाई आजको वर्षाले फाइदा पुगेको छ”, उहाँले भन्नुभयो, “गर्मीसँगै वन क्षेत्रमा बढेको डढेलोको समस्या रोक्नपनि वर्षाले सहयोग गर्नेछ ।” वैशाखदेखिको चर्को गर्मीसँगै बढेको तापक्रमले सुदूरपश्चिम प्रदेशका तराईका जिल्ला कैलाली र कञ्चनपुरको जनजीवन कष्टकर बनेको थियो ।

लामो समयदेखि पानी पर्न नसकेर उत्पन्न सुक्खा मौसम र बढेको गर्मीसँगै वनजङ्गल र गाउँवस्तीमा आगलागिका घटना बढेका थिए । कैलालीको अत्तरियास्थित जल तथा मौसम विज्ञान विभागको महाकाली बेसिन फिल्ड कार्यालयका प्रमुख इन्जिनियर सञ्जयकुमार साहले आज धनगढीमा आठ दशमलव आठ मिलिमिटर वर्षाको मापन भएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो “आज पश्चिमी वायुको प्रभावले भएको वर्षाले जनस्वास्थ्यमा असर पु¥याउने प्रदूषित वायुलाई हटाएको छ, कृषि प्रणालीलाई पनि फाइदा पुर्याएको छ ।” गर्मी बढ्दै जाँदा यसवर्ष यही वैशाख २३ गने धनगढीको अधिकतम तापक्रम ४१ दशमलव पाँच डिग्री सेल्सियस मापन भएको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments