धानको बीउ राख्न खेत जोत्दै किसान
![](https://krishisuchana.com/app/uploads/2024/05/IMG_4609-1024x768.jpeg)
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ रानीपुरका किसान धानको बीउ राख्न राँगाको सहायताले खेत जोत्दै । पछिल्लो समय आधुनिक मेसिन ट्रयाक्टर, पावरटिलर, मिनी टिलरको प्रयोग हुन थालेपछि कृषि कार्यमा किसानले खेत जोत्न गोरु र राँगाको कम प्रयोग गर्ने गरेका छन्।